अन्तै माया ” बोलको म्युजिक भिडियो सार्वजनिक (भिडियो)

म्यूजिक खबर
प्रकाशित: १६ फाल्गुन २०७५, बिहीबार

काठमाण्डाैं । एक दशक सांगीतिक क्षेत्रमा याेगदान दिइ सकेका परदेसी निर्देशक,गीतकार,मोडल कलाकार केशब कटुवालकाे निर्देशनमा आधुनिक गीत “अन्तै माया ” को म्युजिक भिडियो सार्वजनिक भएको छ। उक्त गीतमा सरगम लिम्बुको शब्द,संगीत तथा स्वर रहेको छ ।
मोरंगको पथरीमा जन्मेर आफ्नो बाल्यकाल सुधुरपश्चिमको धनगडी र पुर्बांचलको शंखुवासभामा बेथित गरेका कटुवाल लामो समयदेखि बिदेशमा नै रहेर नेपाली गीतसंगीत लाइ माया गर्दै सांगीतिक याेगदान दिदै आएका छन ।
बईका विभिन्न रमणीय ठाउँमा छायांकन गरिएकाे “अन्तै माया” बोलको गीतकाे भिडियाेमा दुबईमा नै कर्म गर्दै कलाकारिता लाइ अगाडी बढाउदै आएका अति नै राम्रा अभिनय क्षमता भएका कलाकारहरु रतन चिराल र संजिता मगरले अभिनय गरेका छन भने कमल निर्जनको छायांकन मिराज अर्यालकाे सम्पादनमा केशब कटुवालकाे निर्देशनमा भिडीयो निर्माण भएकाे हाे ।
भिडीयो राम्रो बनेको र सम्पूर्ण दर्शक श्रोताले मन पराउनेमा ढुक्क भएको निर्देशक कटुवाल बताउछन ।भिडियो द एबी प्रेजेन्टको युटुब च्यानल बाट बजारमा आएको छ ।
र्नुहाेस बाँकि भिडियाेमा :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु