![](https://musickhabar.com/wp-content/uploads/lok-samman-300x150.jpg)
बाल गायिका सुदिक्षाको स्वरमा रहेको ‘मनमा छ कुरा’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । माधव भण्डारीको शब्द, सङ्गीत तथा सङ्गीत संयोजन रहेको गीतको भिडियोलाई संग्राम तमाङको निर्देशन रहेको भिडियोमा गायिका सुदिक्षासँगै मिकेश पौडेल फिचर्ड छन् । भिडियोमा बिमल राई र महेश थापाको कोरियोग्राफी, रामेश्वर जिरेलको छायाँकन र बन्दे प्रसादको सम्पादन रहेको छ । सुमधुर स्वरकी धनी सुदिक्षाका यस भन्दा अगाडि केही भजन अनि गीतहरु बजारमा आएका छन । करिब तीन बर्षको उमेर देखी नै गीत गाउन थालेकी सुदिक्षाले थुप्रै रियालिटी शोहरु पनि जितेकी छिन् ।