काठमाडौं । मङ्गोलियन हर्टका भोकालिस्ट एवं चर्चित रियालिटी शो भ्वाइस अफ नेपालका कोच राजु लामा यतिखेर विहे नगरी भाछैन भन्दै बजारमा आएका छन् । चर्चित गायक राजु लामाको आवाजमा ‘बिहे नगरी भाछैन’ बोलको गीत सार्वजानिक भएको छ । गीतमा चर्चित सङ्गितकार आरबि लामाको शब्द संगीत रहेको छ ।
गीतमा चर्चित गायक राजु लामाको आवाज, दिपेश प्रधानको मिक्सिङ र बबी राज घतानीको एरेन्ज रहेको छ।
भिडियोलाई बिरेन्द्र भट्टले छायांकन, टेकेन्द्र शाहले कलर र सम्पादन गरेका हुन भने हेरुका लामाले कोरियोग्राफि र निर्देशन गरेका हुन । हेरुका लामा, निरान्जली लामा, चाँदनी मोक्तान र रमन तामाङको भिडियोमा अभिनय
रहेको छ ।