पोखरा, ७ जेठ । टेलिभिजनकी एउटी प्रस्तोता राम्री देखेपछि ब्वाइफ्रेन्ड बन्न जो पनि अघि सरि नै हाल्छ । पोखराकी एउटी टेलिभिजन प्रस्तोता श्री पाण्डेसँग पनि ब्वाइफ्रेन्ड बन्नेहरुको होडबाजी नै चल्यो । पोखराको लेकसाइडमा श्री पाण्डेका तीन ब्याइफ्रेन्ड एकै ठाउँमा भेटिएपछि देख्नेलाई कस्तो भयो होला तर श्रीले भने ब्वाइफ्रेन्डलाई घात गरेकी नै हुन् भन्दा फरक पर्दैन किनकी उनले तीन जना ब्वाइफ्रेन्डलाई विश्वासघात गरी आफ्नो स्वार्थ मेट्ने काम मात्र गरिरहिन् । उनले कहिले टेलिभिजनकै क्यामराम्यान त कहिले सेलीब्रेटीसँग प्रेम गरिन् र आफ्नो नामलाई अगाडि ल्याउन खोजिन् । त्यसपछि उनले पैसा नभएकाहरुसँगको साथ छाडेर व्यापारीसँगको प्रेमलाई अगाडि बढाइन् । जसरी हुन्छन् उनी सधैं आफू उच्च स्थानमा रहने कोशिश गरिरहिन् ।
प्रसङ्ग म्यूजिक भिडियो थियो । गायक कन्हैया सिंहको आलाप–२ मा समावेश चौथो गीत तिमीले त घात गरी… को म्यूजिक भिडियो सुटिङका क्रममा भएका केही घटनाक्रमलाई माथि उल्लेख गरिएको थियो । बीबी अनुरागीको संगीत र राम अबिरलको शब्द रहेको तिमीले त घात गरीको म्यूजिक भिडियो निर्देशन भने अपिल त्रिपाठीले गरेका हुन् । जसमा श्री पाण्डे, अविद लामा, सनिप देवकोटा, राजन कार्कीको अभिनय रहेको छ । फलानो क्रियशनको प्रोडक्सनमा तयार पारिएको म्यूजिक भिडियोलाई सुबास अम्गाईंले सम्पादन गरिरहेका छन् भने यसको छायाँकन सरोज अधिकारीले गरेका हुन् । म्यूजिक भिडियो छिट्टै नै प्रदर्शन हुँदैछ । म्यूजिक भिडियो निर्माणमा सन्तोष परियार र दिपक परियारको पनि सहयोग रहेको थियो ।