• गायिका कोपिला गौतमलाई यस वर्षको शोभा अर्जुन संगीत पुरस्कार

    म्यूजिक खबर
    प्रकाशित: ११ श्रावण २०८१, शुक्रबार

    काठमाडौं । वर्षको शोभा अर्जुन संगीत पुरस्कार गायिका कोपिला गौतमलाई प्रदान गरिएको छ । नेपाली लोक संगीत तथा लोक दोहोरी विधामा करिब २० वर्षदेखि गौतमले योगदान पुर्याउँदै आएकी छन् । शोभा अर्जुन संगीत कोषको तर्फबाट नगद राशी २०,००० सहित पुरस्कार प्रदान गरिएको हो ।
    साउन ११ गते प्राध्यापक तथा गायिका शोभा तिवारी लोहनीको ७१ औं जन्मजयन्तीको अवसरमा प्रदान गरिएको हो ।

    गायिका गौतमको स्वास्थ्य अवस्थाको प्रतिकुलताका कारण उक्त पुरस्कार उनको निवासमा नै पुगर प्रदान गरिएको थियो । गायिका गौतमले प्राध्यापक तिवारीसँग ललितकला क्याम्पसमा विद्यार्थीको रुपमा नेपाली लोक संगीत अध्ययन गरेकी थिइन् । गायिका गौतम विगत ५ वर्षदेखि क्यान्सर रोगसँग लडिरहेकी छन् । यतिबेला गायिका गौतमको क्यान्सरको उपचार चलिरहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु