काठमाडौं । सञ्चारकर्मी, गीतकार तथा टेलिभिजन कार्यक्रम प्रस्तोता नरेश भट्टराईलाई पितृशोक परेको छ । सञ्चारकर्मी भट्टराईका बुवा तुलसीप्रसाद भट्टराईको ८५ वर्षको उमेरमा कीर्तिपुरस्थित आफ्नै निवासमा शुक्रवार बिहान ८ः४० बजेको समयमा निधन भएको हो । भट्टराई नशा तथा प्रेसर रोगको समस्याबाट पीडित थिए ।
सञ्चारकर्मी भट्टराईले सामाजिक सञ्जालमा बुवालाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै लेखेका छन्– ‘बाले महाप्रस्थान गर्नु भो, ८५ वर्षको उमेरमा, आज बिहान ८ः४० मा । बालाई अन्तिम बिदाई आज पशुपति आर्यघाटमा १२ बजेतिर गरिने छ । मेरो बाको बैकुण्ठ बास होस् ।’
दिवंगत भट्टराईका धर्मपत्नी रत्न मञ्जरी भट्टराई तथा चार जना छोराहरु छन् । म्यूजिक खबर परिवार स्वर्गीय भट्टराईप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवाजनप्रति गहिरो समवेदना प्रकट गर्दछ ।