• अन्जु र पदमको स्वर, मिनको शब्द तथा संगीतमा ‘तिमीसँगै’ सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: ४ आश्विन २०८१, शुक्रबार

    काठमाडौं । एक दशक लामो सांगीतिक अनुभव बटुलिसकेकी कर्णप्रिय स्वरकी धनी गायिका अन्जु श्रेष्ठले नयाँ गीत सार्वजनिक गरेकी छिन् । ‘तिमीसँगै’ बोलको उक्त गीतमा गायिका श्रेष्ठ र पदम लुहारको युगल आवाजमा रहेको छ । त्यस्तै मिन गुरुङको शब्द तथा संगीत रहेको छ ।

    चर्चित मोडल कलाकार स्मारिका ढकाल र सुरेश कोहिलको मुख्य अभिनय रहेको तिमीसंगैको भिडियोलाई निर्देशक रहेश पुमा राईले निर्देशन गरेका हुन् । गीतको भिडियोमा मुग्लानी युवक र उनकी प्रेमिका विचको गहिरो प्रेम र वियोगलाई भावुक शैलीमा चित्रण गरिएको छ । ग्रामिण परिबेसको सजिव कथा बोकेको यस गीतको छायाँकन उत्सव दाहालले गरेका हुन् भने सम्पादन विकाश दाहालको रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु