
काठमाडौं । गीतकार प्रमाेद भट्टराई “प्रतीक”काे शब्द रचनामा रहेको गीत “कहीँ कतै हराएँ भने” लाेकार्पण गरिएको छ । गीतकार सङ्घ नेपालकाे आयोजनामा भएको साेही कार्यक्रममा गीतकार सङ्घ नेपालका अध्यक्ष बसन्त बित्यासी थापाकाे सभापतित्वमा रहेकाे थियो भने पूर्व अध्यक्ष चुडामणि देवकोटाकाे प्रमुख आतिथ्यता रहेकाे थियो ।
कार्यक्रममा गीतकार सङ्घ नेपालका उपाध्यक्ष रमेश काेईरालाले उपस्थित अतिथिहरुलाई मन्तव्यद्वारा स्वागत गर्नुभएको थियोे ।
विश्व कीर्तिमानी सङ्गीतकार सन्ताेष श्रेष्ठले शुभकामना मन्तव्य दिँदै गीतभित्र मायाप्रेम, राष्ट्रियभाव हाे कि भन्ने आभास दिलाएको बताउनुभयो । गीतकार भट्टराईले गीतमा नयाँ प्रयोग भएकाे बताउँदै सङ्गीत र गायन पनि अब्बल भएको बताउनुभयो । गायिका बबिना भट्टराईकाे गायन पक्षकाे चर्चा गर्दै सङ्गीतकार श्रेष्ठले “कहीँ कतै हराएँ भने” गीतले सबैको मन छुने बताउनुभयो ।
कार्यक्रममा सङ्गीतकार तथा गायिका बबिना भट्टराईले आफूले गरेको मेहनतलाई सबैले माया गरिदिदेमा विश्वस्त भएको बताउनुभयो । गीतकार भट्टराईकाे शब्दमा सङ्गीत गर्दै गर्दा डर लागे पनि सार्वजनिक भएपछि पूर्णता पाएकाे बताउनुभयो । त्यस्तै भिडियोका बारेमा निर्देशक जीवन शाहीले प्रष्ट पार्नुभएकाे थियोे ।
त्यसैगरी सङ्का पूर्व अध्यक्ष शुभ मुकारुङले शुभकामना मन्तव्य दिँदै “कहीँ कतै हराएँ भने” श्रव्य दृश्य राम्रो बनेकाेमा सबै बधाईकाे पात्र भएको बताउनुभयो ।
कार्यक्रममा गीतकार प्रमाेद भट्टराईले गीतका बारेमा बाेल्दै अवकाश प्राप्त समयलाई साहित्यकाे क्षेत्रमा लगाउन पाएकाेमा खुशी मिलेको बताउनुभयो । कविता, मुक्तक, गजल विधामा रुचि भए पनि गीतिलेखनमा अझै सक्रियता भएको बताउनुभयो । गीत रेकर्ड भए पछि “कहीँ कतै हराएँ भने” गीतको भाव हराउलाकी भनेर भिडियो निर्माण गरेकाे अनुभव सुनाउनुभयो । सबैको साथ र सहयोगले गीतले सफलता पाउनेमा विश्वास लिएको बताउनुभयो ।
कार्यक्रमकाे प्रमुख अतिथि वरिष्ठ गीतकार चुडामणि देवकोटाले शुभकामना दिँदै गीत राम्रो बनेको बताउनुभयो । “कहीँ कतै हराएँ भने” गीतले सबैको मन जित्ने बताउँदै गीतकार प्रमाेद भट्टराई अब्बल साहित्यकार भएको बताउनुभयो । शब्द सङ्गीत मैत्री हुनुपर्ने बताउँदै “कहीँ कतै हराएँ भने” भित्रका सिर्जनाले सफलता पाउने शुभकामना दिनुभयो ।
कार्यक्रमलाई समापन गर्दै सङ्का अध्यक्ष बसन्त बित्यासी थापाले उपस्थित सबैलाई धन्यवाद दिँदै गीतकार प्रमाेद भट्टराईकाे सिर्जना अब्बल रहेकाे बताउनुभयो । गीतकार भट्टराईका सिर्जना सार्वजनिक गर्दा हरेक समय साक्षी बन्न पाएकाेमा खुशी व्यक्त गर्नुभयो । अध्यक्ष थापाले आफ्ना सदस्यहरुलाई उर्जा दिन सङ्घ सदैव क्रियाशील रहेकाे बताउँदै राज्यलाई बाैद्धिक र प्रतिलिपी अधिकारका विषयमा आवाज उठाउँदै आएको बताउनुभयो । कार्यक्रमकाे सहजीकरण सञ्चारकर्मी हरिराम पाैडेलले गर्नुभएको थियोे ।