• शिव परियारको स्वरमा ‘अजम्बरी माया’ सार्वजनिक, भिडियोमा माधव र मेनुका

    म्यूजिक खबर
    प्रकाशित: ७ असार २०८२, शनिबार २०:२३

    काठमाडौं । लोकप्रिय गायक शिव परियारको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । कर्णप्रिय यस गीतलाई प्रसिद्ध गीतकार डा. राजुबाबु श्रेष्ठले लेखेका हुन् । गीतमा अनिश श्रेष्ठको संगीत, आमोस तामाङको संगीत संयोज रहेको छ ।

    नवल नेपालको निर्देशनमा तयार भएको गीतको भिडियोमा मोफलमा रहेर पनि कलाकारितालाई निरन्तरता दिइरहेका अभिनेता माधव केसीलाई मेनुका माझी र गणेश गहतराजले अभिनयमा साथ दिएका छन् । मदन कश्यप घिमिरेले छायांकन गरेको भिडियोलाई मित्रा डी. गुरुङले सम्पादन गरेका हुन् । मर्मश्पर्शी गीतको भिडियो ओएसआर डिजिटल मार्फत सार्वजनिक भएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु