नयाँ वर्षको अवसरमा लोकप्रिय गायिका अन्जु पन्त अष्ट्रेलियाका विभिन्न सहरमा गुञ्जिने

म्यूजिक खबर
प्रकाशित: २७ चैत्र २०८२, शुक्रबार १७:००

काठमाडौं । लोकप्रिय गायिका अन्जु पन्त अष्ट्रेलियाका विभिन्न सहरमा गुञ्जिने भएकी छिन् । नेपाली नयाँ वर्षको अवसरमा हुने आयोजना हुने कार्यक्रममा अन्जुले अष्ट्रेलियामा रहेका नेपालीहरुलाई आफ्ना चर्चित गीतमार्फत झुमाउने छिन् ।

अष्ट्रेलियाको शहरहरु पर्थ र सिड्नीमा हुने कार्यक्रममा उनको प्रस्तुति रहने छ ।

नेपाली एसोसिएसन अफ वेस्टर्न अष्टे्लियाको आयोजनामा पर्थको फरेष्ट प्लेसमा अप्रिल ११ तारिखका दिन विशेष सांगीतिक कार्यक्रम आयोजना हुँदैछ। कार्यक्रममा नेपाली मेलोडी क्विनको रूपमा परिचित गायिका अन्जु पन्तले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्नेछिन्।

यसैगरी, सिड्नीमा रहेको अवर्न नेपालीज कम्युनिटी ले अप्रिल १४ तारिखका दिन ग्रान्डभिल पार्क मा भव्य नयाँ वर्ष २०८३ सांगीतिक कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ। उक्त कार्यक्रममा गायिका अन्जु पन्तले एक दर्जनभन्दा बढी गीतहरू प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

आयोजक संस्थाहरु र गायिका अन्जु पन्तले अष्ट्रेलियामा रहेका सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई नयाँ वर्षलाई उल्लासका साथ मनाउन हार्दिक निमन्त्रणा दिएका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु