अभिनेत्री तथा मिस नेपाल शुभेक्षाले गरिन् इन्गेज्मेन्ट, दुलहा को ?

म्यूजिक खबर
प्रकाशित: ६ बैशाख २०८३, आईतवार २०:१२

काठमाडौं । मिस नेपाल इन्टरनेशनल २०१२ तथा अभिनेत्री शुभेक्षा खड्काले आश्वासन जोशीसँग इन्गेज्मेन्ट गरेकी छिन् । बैशाख ५ गते शनिवार मेहन्दी, संगीत कार्यक्रमसँगै कसार बटार्ने विधि सम्पन्न गरिएको छ ।
अभिनेत्री खड्काले वैवाहिक समारोह अघिका विभिन्न रितिरिवालजका तस्विरहरु सामाजिक सञ्जालमा तस्विर तथा भिडियोहरु शेयर गरेकी छिन् ।

उनले संगीत समारोहमा आफ्ना भावी श्रीमान् आश्वासन जोशीसंग मन खोलेर नृत्यसमेत गरेकी छिन् । खड्का र जोशीबीच यही वैशाख ७ गते अर्थात यो वर्षको विवाहको पहिलो लगनमा धार्मिक विधि अनुसार वैवाहिक कार्यक्रम आयोजना हुने अनुमान गरिएको छ ।

यसैबीच, पछिल्लो समारोहका केही तस्विरहरु शेयर गर्दै अभिनेत्री खड्काले आफ्ना भावनाहरुसमेत व्यक्त गरेकी छन् । ‘मेरो हातहरू बिस्तारै त्यो गहिरो रातो रंगले रंगिएका छन्, मानौँ प्रेम आफैँले त्यहाँ आफ्नो घर बनाएको हो, उनले लेखेकी छिन्– ‘रातो रंगको समारोहको शान्त र आत्मीय क्षणमा, यति धेरै मायाले घेरिएको वातावरणमा, हामीले हरेक नबोलेका वाचा र कोमल आशीर्वादहरू हावामा महसुस गर्न सक्थ्यौं ।

त्यो क्षणमा समय आफैं हाम्रो लागि सुस्त भयो, र सबैभन्दा महत्त्वपूर्ण कुरा केवल कुनै सुन्दर कुराको सुरुवात थियो ।’ शनिवार रातिको संगीत कार्यक्रममा भने विभिन्न सेलिब्रेटीहरुले पनि सहभागिना जनाएका थिए ।

मिस नेपाल खड्काले रनवीर, प्रेमा तथा चित्र जस्ता फिल्ममा अभिनेत्रीको रुपमा अभिनय गरिसकेकी छिन् । खड्काका भावी श्रीमान जोशी अमेरिकामा बसोबास गर्दै आएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु