
गायिकालाई सम्मानित गरिने काठमाडौं। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय ललितपुर समितिको आयोजनामा “तेस्रो संस्थागत एकल लोक गायन प्रतियोगिता” हुने भएको छ । आगामी जेठ २३ गते ललितपुरको महालक्ष्मीस्थान स्थित साथीको रोधीघरमा सम्पन्न हुनेछ । मौलिक तथा लोपोन्मुख लोक संस्कृतीको जगेर्नाको निमित्त सो प्रतियोगिता गर्न लागिएको हो।
संस्थागत एकल लोक गायन प्रतियोगितालाई आयोजक संस्थाका पुर्व अध्यक्ष तथा गायक सुजन बराईलीको कार्यकालबाट सुरुवात गरिएको थियो । “तेस्रो संस्थागत एकल लोक गायन प्रतियोगिता – २०८३” लाई वर्तमान अध्यक्ष बेलीमाया पुलामीको कार्यसमितिले निरन्तरता दिन लागेको हो। प्रतियोगितामा उपत्यका समन्वय समिति अन्तर्गतका १० वटा समितिले मात्र भाग लिन पाउने छन्। प्रतियोगितामा प्रतियोगीले पहिलो चरणमा आफुले चाहेको गीत गाउन पाउने छ भने दोस्रो चरणमा निर्णायकले दिएको गीत गाउनुपर्ने हुन्छ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय उपाध्यक्ष राजु ढकाल निर्णायक संयोजकको रुपमा रहेने छन् भने बरिष्ठ गायिका सीता थापा, चर्चित गायक गायिकाहरु– देबी घर्ती मगर, जुना श्रीष मगर र गायक राम कुमार नेपाली निर्णायकको रुपमा रहने छन्।
प्रतियोगितामा प्रथम पुरस्कार ३० हजार रुपैयाँ, द्धितिय पुरस्कार २० हजार रुपैयाँ र तृतिय पुरस्कार १० हजार रुपैयाँ निर्धारण गरिएको छ।
“तेस्रो संस्थागत एकल लोक गायन प्रतियोगिता – २०८३” लाई आर्थिक, नैतिक, भौतिक रुपले आफुले सकेको सहयोग गरी सभ्य तथा भब्य रुपमा सफल बनाईदिनका लागी उपत्यका समन्वय ललितपुर समितिकी अध्यक्ष बेलीमाया पुलामीले अनुरोध गरेकी छिन्। बिस्तृत जानकारीका लागी ९८५१०६९५०३ र ९८५११९५२९० मा सम्पर्क गर्न सकिने छ।
“तेस्रो संस्थागत एकल लोक गायन प्रतियोगिता – २०८३” को अवसरमा बरिष्ठ लोक गायिका शर्मिला गुरुङलाई लोक स्रष्टा सम्मानद्धारा सम्मान गरिने जानकारी आयोजक संस्थाबाट प्राप्त भएको छ । एक नेपाली लोक गायिका हुन्। उनी नेपालको चर्चित तथा उत्कृष्ट लोक गायिकाहरू मध्ये एक हुन्। उनले गाएका ‘मिर्मी मुनी काली थुनेको’, ‘बल्लै भो भेट’, ‘रानी घाटैमा’, ‘फूलको थुंगा’, ‘फर्क मुग्लानी’ लगायतका दर्जनौं गीत हिट छन् । आजसम्म उनले करिब करिब ४ हजार गीतमा स्वर दिइस्केकी उनका लोकदोहोरी मात्र होइन, सालैजो, कौडा गीतहरु पनि स्रोता, दर्शकले रुचाएका छन् ।