• सरोज केसीद्वारा सचिव पदमा उम्मेदवारी

    म्यूजिक खबर
    प्रकाशित: २५ असार २०७२, शुक्रबार

    सुर्य चन्द÷काठमाडौँ । बिगत पन्ध्र बर्षदेखि कलाकारिता क्षेत्रमा लागिपरेका सफल अभिनेता÷प्रस्तोता सरोज केसीले यहि आउँदो भाद्र २३ गते हुन गईरहेको नेपाल चलचित्र कलाकार संघको सचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । संघको अधिवेशनबाट चयन हुने नयाँ कार्य समितिको लागि केसीले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

    झापा तोपगाछीमा जन्मेका अभिनेता केसीले अहिलेसम्म एक दर्जन भन्दा बढी ठुूलो पर्दाका सिनेमाहरुमा लिड भिलेन तथा सहनायकको रुपमा अभिनय गरेका छन् । चलचित्र मायाज बार, दुलही, जब जब माया बस्छ, संसार आफ्नै, तिम्रो लागि, हाम्रो माया जुनी जुनीलार्इलगायतका चलचित्रहरुमा अभिनय गरिसकेका केसी सफल अभिनेताका रुपमा चिनिन्छिन् । अभिनेता केसीले सात वर्ष अघि ठुलो पर्दाको चलचित्र ‘बिजयपथ’बाट अभिनय करिअर सुरुवात गरेका थिए भने त्यसैगरी सानो पर्दामा परिचय नामक टेलीचलचित्रबाट अभिनययात्रा प्रारम्भ गरेका थिए । केसीले परिचय, भूमिका संदेश, गुठिलगायत डेढ दर्जनभन्दा बढी टेलीचलचित्रमा नायकको भूमिका निभाईसकेका छन् ।
    नेपाल चलचित्र कलाकार संघमा बिगत तिन वर्षदेखि कार्यकारी सदस्यको रुपमा कलाकारहरुको हकहितमा काम गर्दै आएका अभिनेता तथा प्रस्तोता केसीले कलाकार संघबाट आयोजित प्राय सबै कार्यक्रमहरु सफलतापूर्वक संचालन पनि गर्दै आएका छन् । संघका सबै कार्यक्रमहरुमा सक्रिय भूमिका पनि निर्वाह गर्दै आएका केसीले संघको आगामी अधिवेशनबाट सचिव पदमा रहेर संघका सम्पूर्ण कामहरु गर्ने प्रतिबद्धता दिएका छन् । केसीले कलाकारको हकअधिकारका लागि एवं संघलाई सशक्त रुपमा अगाडि बढाउन पहल गर्ने अठोटको साथ अब आउने कार्यकालको लागि सचिव पदमा उम्मेदवारी घोषणा गरेको बताएका छन् ।
    यस उम्मेदवारी दिनको लागि पनि आफूभन्दा अग्रज कलाकार, पत्रकार तथा समकालीन साथीहरुसंग सल्लाह सुझाब लिएर अगाडी बढेको र आफूलाई सहयोग गरि बिजय गराई दिनुहुन कलाकारहरु, पत्रकारहरु सबैमा केसीले आग्रह गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु