आङ् दावा शेर्पाको अमेरिका गन्तव्य किन र कसरी ?

म्यूजिक खबर
प्रकाशित: २८ कार्तिक २०७६, बिहीबार

काठमाडौं । सङ्खुवासभा जिल्ला, मकालु गाउँपालिका वार्ड नम्बर २ नुर्बु गाउँमा जन्मेको र अहिले स्थाई घर टांसिगाउँ रहेर हाल भने अमेरिकामा बस्दै आउनु भएको आङ दावा सेर्पा, जो साँच्चै दयालू मानव स्वभाव अरुको दुख्ख देख्ने नसक्ने हुनुन्छ ।
शेर्पा एकदमै महान समाजसेवी त हुनुहुन्छ नै तर परिवार पनि उत्तिकै शेर्पाको मन जस्तै ठुले छ । सेर्पाको परिवार मा ८ दाजुभाइ २ दिदिबहिनी आमाबाबा सङ्ग गरी १२ जनाुको परिवारुमा हुर्केको र ८ जना दाजुभाइ मध्ये आङ दावा सेर्पा ७ नम्बरमा पर्नु हुन्छ सेर्पाले भन्नू हुन्छ १९९७ मा नै सानो छँदा गाउँघर चौँरिगोठ छाडी प्रदेश लागेको र प्रदेश लागेपछि २र३ बर्ष सेर्पाले ट्रेकिङमा कुल्लिको रुपमा काम गर्दै सेर्पाले धेरै मेहनत गर्नु परेको बताउँछन् ।

केही बर्ष सम्म सेर्पाले धेरै कठिनाइ भोगेको पनि हामिलाई बताएका छन् सेर्पाले २००२ देखि पिक र हिमाल चाड्ने मौका पाएको बताउँछन र २००३ देखि सेर्पाले २००८ सम्ममा सगरमाथा सफलता पुर्वक ५ पटक आरोहण गरीसकेपछी २००९ देखि सेर्पाले हिमाल चड्न छोडेको र हिमाल चढेपछि बिदेशीले विभिन्न युरोप देशहरुमा घुम्न अवसर प्रदान गरे सेर्पा लाइ २००४ देखि,२००६ र २००८ मा युरोपको म्यारथन हरुमा पनि बिदेशीकै कारण भाग लिने अवसर प्राप्त गरे तर सेर्पाले त्यो म्यारथन अवसरमा जित्न भने सकेनन ।

तर फेरि २००७ मा सेर्पाले आफ्नै माइला दाइुको साथ पाए र अमेरिका पुगे, तर अमेरिका पुगेर पनि एक बर्ष सम्म भाँडा माज्ने काम गरेको सेर्पाले बताउँछन् । कारण अङ्ग्रेजी भाषा नाजान्नु त्यस पछि सेर्पाले त्यही होटलमा टेबल पुछ्ने सेटिङ्ग गर्ने काम गर्न थाले र सेर्पाको धेरै मेहनतले गर्दानै हाल सेर्पा अमेरिकामा टेक्सी ड्राइभर गर्छन । सेर्पा नेपालमा हुदापनि हल्का समाजसेवी थिए काम नभएका हरुलाइ काम खोजिदिने आफुले सकेको सहयोग गर्ने गर्दथे । २००७ देखि अमेरिका जस्तो राम्रो मुलुकमा बसेर पनि झन आफ्नै देश प्रती धेरै माया गर्दै गरिब दुखी पिडामा परेको देखि लिएर हाल संघ संस्थाहरुमा पनि आबद्द भई सहयोग गर्दै आई रहनु भएको छ साथै यो कुरा धेरैलाई आवगत नै छ।

सेर्पाले भन्नू हुन्छ केहि नपढेपनी जिबनकालमा मेहनत र आफ्नो ईमानदारीताकै कारण धेरै काम कुराहरु सफल भएको सेर्पाले हामिलाई बताउँछन, । अहिले भने सेर्पाले आफ्नो सबै परिवार र सदस्यहरु बाट पनि राम्रो हौसला साथ माया पाउने गरेको बताउंछन् ।

र गर्वको कुरा त सेर्पाको यो छ बिगतमा आफु पनि गरिब भएको कारण अब भने कुनै पनि पिडितहरु वहाँको नजरबाट ओझेल नहुने सकेको मानविय सहयोग गरेर छाड्ने बताउँछन् र धन सम्पति जति नै कमाए पनि मानिस भएपछि आफ्नो बिगतलाई कहिले कसैले भुल्नु हुँदैन भनि सबैलाई एक पाठ पनि सिकाएका छन् । उनको जिबनिबाट हामि सबैले धेरै कुरा सिक्न सक्छौं । आङ दावा सेर्पा सङ्खुवासभा मकालु टाँसीगाउँ हाल अमेरिकामा हुनुन्छ।
लेखक –समाजसेवी जितेन बान्तवा राई ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु