गायिका आनीछोइङद्वारा तुइन विस्थापनका लागि प्रधानमन्त्रीलाई १ करोड हस्तान्तरण !

म्यूजिक खबर
प्रकाशित: ३ श्रावण २०७५, बिहीबार

श्रावण ३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको तुइन विस्थापन कार्यक्रममा लागि गायिका आनी छोइङ डोल्माले १ करोड सहयोग हस्तान्तरण गरेकी छन्।

नेपाल टेलिभिजनको ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रमको आज राति प्रसारित पहिलो शृखंलामा गायिका शेर्पाले सो रकम हस्तान्तरण गरेकी हुन्। उनले उक्त रकमले एउटा मात्र भए पनि झोलुङ्गे पुल बन्न सकोस् भनी कामना गरिन्।

गायिका शेर्पाले लामो समयपछि मुलुकमा एकल बहुमतको स्थिर सरकार बनेकाले जनता र राष्ट्रको चाहनालाई सार्थकतापूर्वक अघि बढाउन शुभकामना पनि दिइन्।

प्रधानमन्त्री समक्ष रु १ करोड रकम हस्तान्तरण गर्दै गायिका आनि

सहयोग ग्रहण गर्दै प्रधानमन्त्री ओलीले आफूले एक महिनाको तलब थप गरी तुइन विस्थापन कोष स्थापना गर्ने घोषणा गरे। कार्यक्रम प्रस्तोता मनोज पाण्डेले कोषमा पचास हजार सहयोग दिने घोषणा गरे।

प्रधानमन्त्री ओलीले अघिल्लो कार्यकालको पदबहालीको दिन मुलुकभरका सबै तुइन विस्थापनको घोषणा गरेका थिए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु