• सम्राटको अभिनयमाABCD बाल गीत (भिडियोसहित)

    म्यूजिक खबर
    प्रकाशित: ८ भाद्र २०७५, शुक्रबार

    ९ भाद्र, काठमाडौं । बाल नायक सम्राट दाहालको अभिनयमा रहेको ABCD बाल गीत सार्वजनिक भएको छ । केही समयअघि मात्र राष्ट्रिय भावको गीतमासमेत अभिनय गरेर राम्रो प्रतिक्रिया बटुलेका सम्राट दाहालको यो गीत भने बालबालिकाको लागि पठनपाठनलाई सहज हुने गरेर निर्माण गरिएको छ । किन्डरगार्डेन पाठ्यक्रम शैलीमा निर्माण गरिएको यो गीतले अब बालाबलिका बीचमा सम्राटलाई राम्रो परिचय स्थापित गर्ने आशा लिइएको छ ।

    गीतमा आयुस केसीको स्वर तथा संतोष श्रेष्ठको शब्द र संगीत रहेको छ । सम्राट क्रीयसनको प्रस्तुति रहेको म्यूजिक भिडियोलाई देवेन्द्र नेवाले एरेन्ज गरेका हुन् ।सुमन दाहालको निर्देशनमा रहेको उक्त म्यूजिक भिडियोलाई सुरेश राउतले सम्पादन गरेका छन । सुजीता सिटौलाले छायांकन गरेको भिडियोमा नायक सम्राटको उत्कृट अभिनय रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु