• बुधबारबाट प्रदर्शनमा आउने चलचित्र ‘एक्टरः टेकवान’लाई चलचित्र एक्टरका निर्माताले गरे रिट दायर

    म्यूजिक खबर
    प्रकाशित: १५ माघ २०८१, मंगलवार
    actor vs aktor

    काठमाडौं । बुधबारदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘एक्टरः टेकवान’लाई अर्काे चलचित्र एक्टरका निर्माताले जिल्ला अदालत काठमाडौंमा रिट दायर गरेका छन् । माघ ४ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘एक्टर’का निर्माता मनोहरी थापाले आफ्नो चलचित्रको शीर्षकसँग मिल्दोजुल्दो हुँदा आफूले आर्थिक क्षति भोग्नुपरेको भन्दै ‘एक्टरः टेक वन’को प्रदर्शन रोक्न माग गर्दै शुक्रबार काठमाडौं जिल्ला अदालतमा रिट दायर गरेका थिए ।

    चलचित्रले सोमबार बेलुकासम्म देशब्यापी १६० हाराहारीमा शो प्राप्त गरेको छ । मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सले मात्र देशब्यापी ५६ शो दिएको छ जुन सन्तोषजनक हो । यो फिल्मविरुद्ध जिल्ला अदालत काठमाडौंमा रिट दायर भएको छ । अदालतले मंगलबारको लागि सुनुवाइ तोकेको छ ।

    यदि एक्टरका निर्माताले दायर गरेको रिट अनुसार अदालतले आदेश दिएमा हलले विक्री भैसकेको टिकट फिर्ता गर्नुपर्ने हुन्छ । यसकारण, कतिपय हल अझैपनि अदालतको आदेशको प्रतीक्षा गरिरहेका छन् भने अदालतको आदेश नआउँदै केही हलले टिकट विक्री गरिरहेका छन् ।

    यसबीचमा, सोमबार बेलुका निर्माताले प्रिमियर शोको पनि आयोजना गरिरहेका छन् । यस्तोमा, सबैको ध्यान मंगलबार हुने अदालती सुनुवाइतर्फ केन्द्रित छ । ‘एक्टरः टेक वन’मा प्रदीप खड्का, आना शर्मा, दिब्या रायमाझी, राजवल्लभ कोइराला लगायतको अभिनय छ । राजन भुसाल निर्देशित फिल्ममा खड्काको शीर्ष भूमिका छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु