राजेश र रिताको “अम्बिका” सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: १० आश्विन २०७६, शुक्रबार

काठमाडौँ । रितेश फिल्मस् प्रा,लि,को प्रस्तुती रहेको गीतमा नायक तथा मोडल राजेश बाडेको अभिनय रहेकोे नयाँ गीत “अम्बिका” बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । थुप्रै चलचित्र, म्युजिक भिडियोमा निर्देशन, मोडलिङ् तथा नायकको भुमिकामा अभिनय गर्दै आउनु भएका बाडेलाई मोडल रिता बाडेले अभिनयमा साथ दिएकी छिन्। उक्त गीतमा सुरेन्द्र तुबंजा श्रेष्ठको शब्द तथा संगीत रहेको रहेको छ भने सोही गीतमा स्वर पनि सुरेन्द्र तुबंजा श्रेष्ठकै रहेको छ ।

सुरेन्द्र श्रेष्ठले एरेन्ज गरेको उक्त भिडियोलाई राजेश बाडेले निर्देशन गरेका हुन् भने रिता बाडेले कोरियोग्राफर गरेकी छिन्। रितेश नेवारले छायांकन गरेको भिडियोलाई राज लामाले सम्पादन गरेका छन् । “अम्बिका” बोलको गीतलाई रितेश फिल्मस् प्रा,लि, युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु