अमित र जमुना श्रीपालीको ”दुखी जिवन” हेर्नुहोस भिडियो

म्यूजिक खबर
प्रकाशित: ६ मंसिर २०७५, बिहीबार

 

आर पोखरेल, काठमान्डौ । गायक अमित बावु रोकाया र गायिका जमुना श्रीपालीको आवाजमा रहेको ”दुखी जिवन” गीतको भिडियो बजारमा आएको छ ।

मानिसको जिवनमा आइपर्ने सुखका क्षण र दुखका क्षणलाई गीतमा समेटिएको छ । आफुलाई माया गर्ने मायालुले सदाका लागी छोड्दा प्रेमि निकै दुखी भएका छन ।

सुमन ढकालको शब्द तथा मौलिक लय सिर्जनमा ”दुखी जिवन” तयार गरिएको छ । जस्तो अवस्थामा भएपनी मानिसको पिडालाई भुलेर परिवर्तित अवस्था अनुसार जिउनको लागी गीतमा सन्देश दिएको छ । अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन र पुष्कल र आयुष्मा को अभिनय गीतको भिडियोमा रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु