अनिलको शब्द संगीतमा दशैं तिहार गीत ‘लाहुरे आयो’

म्यूजिक खबर
प्रकाशित: ७ आश्विन २०७६, मंगलवार

काठमाडौं । नेपालीहरुको महान पर्व दशैँ , तिहार नजिकिएसंगै दशैँ तिहार सम्बन्धि धेरै गीतहरु पनि सार्वजनिक भैरहेका छन् । यसै क्रममा गायक रामचन्द्र चन्द र सागर पन्थको स्वरमा दशैँ तिहार गीत ‘लाहुरे आयो’ को भिडियो सार्वजनिक भएको छ ।

पछिल्लो समयका निकै चर्चित सर्जक अनिल खनालको शब्द र संगीत रहेको दशैँ तिहार गीत ‘लाहुरे आयो’लाइ शैलि कृयसनको ट्युब च्यानल सार्वजनिक गरीएको हो ।

सार्वजनिक गीतको भिडियोमा लाहुरेको अभिनय रामचन्द्र चन्द र सागर पन्थ अनि नृत्यमा सलिना नेपाली र नरेन्द्र आचार्यको रहेको छ

गीतको बजार ब्यबस्थापन शैली कृयशनले गरेको हो । सुरेश श्रेष्ठको क्यामेरा रहेको भिडियोमा बिनोद बामको सम्पादन र निर्देशन रहेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु