काडमाडौं । यतिबेला नेपाली सांगीतिक बजार तीजमय बनेको छ । यहि क्रममा लोकप्रिय गायिका अनिता चलाउनेले पनि नयाँ तीज गीत सार्वजनिक गरेकी छिन् । लोकप्रिय गायक तथा संगीतकार खेम सेन्चुरीको सहकार्यमा उनले ‘म राम्रो कि उ राम्रो भन्देउ सबैले’ बोलको तीज गीत ल्याएकी हुन् । नेत्र अर्यालको शब्द रहेको गीतमा अनिता र खेमको स्वर रहेको छ । खेमकै संगीत रहेको गीतलाई बिनोद बाजुरालीले संगीत संयोजन गरेका हुन् ।
मालश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियो भने बेलायतको विभिन्न स्थानमा छायांकन गरिएको हो । सांगीतिक भ्रमणका लागि बेलायत पुगेकी गायिका चलाउनेले उतै भिडियोको काम पनि गरेकी हुन् । भिडियोमा लोकप्रिय गायक राजु ढकाल छमछमी नाचेका छन् राजुलाई सुस्मा बस्याल बस्टाकोटीले साथ दिएकी छन् । प्रशान्त खड्काको निर्देशन तथा आरुषी मगरको नृत्य निर्देशनमा तयार भएको भिडियोलाई सुमन श्रेष्ठको टिमले छायांकन गरेको हो । मनोज कार्कीले कलरिङ र सम्पादन गरेको भिडियोलाई गायिका अनिता चलाउनेको अफिसियल मार्फत सार्वजनिक गरिएको छ ।