• एञ्जिलाको ‘मैले त मन्त्र पढे तिम्रै नामको’मा सारिकाको छमछमी ! हेर्नुहोस् भिडियो !

    म्यूजिक खवर
    प्रकाशित: १२ श्रावण २०७५, शनिबार

    श्रावण १२, काठमाडौं । नेपाली महिलाहरुको महान पर्व तीजलाई लक्षित गरी यस सम्बन्धि गीतहरु बजारमा आइरहेका छन् । यसै मेसोमा हरि सुवेदीको तीज गीत ‘मैले त मन्त्र पढे तिम्रै नामको’ सार्वजनिक भएको छ ।

    एञ्जिला रेग्मीको स्वर, पारु सुवेदीको शब्द, भीम विसीको सङ्गीत रहेको ‘मैले त मन्त्र पढे तिम्रै नामको….’ गीतको भिडियो सार्वजनिक भएको हो । गीतको भिडियोलाई हरि सुवेदीले निर्माण गरेका हुन् ।

    घनश्याम खतिवाडाको निर्देशनमा तयार भएको गीतको भिडियोमा नायिका सारिका घिमिरे कम्मर मर्काएकी छन् भने उनलाई निक्लोस अर्यालले साथ दिएका छन् । पछिल्लो समयमा अभिनय सँग सँगै आफूलाई गायन क्षेत्रमा होमेकी सारिका घिमिरे अभिनित भिडियो उत्कृष्ट बनेको छ ।

    ‘मैले निर्माण गरेको तीज गीतको यो पहिलो भिडियो हो, यस तीज गीतले तीजको मौलिकतालाई आत्मसाथ गरेको छ, हाम्रो प्रयासले पक्कै पनि स्रोता/दर्शकको साथ पाउँने छ’, हरिले भने ।

    हेर्नुहोस् भिडियो !

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु