• प्रियसी म्यूजिकले ल्याए ‘हाँसो राखे बन्धकीमा’

    म्यूजिक खबर
    प्रकाशित: २६ भाद्र २०८१, बुधबार

    काठमाडौं । प्रियसी म्युजिकको ब्यानरमा पूर्णिमा श्रेष्ठको ‘हाँसो राखें बन्धकीमा’ बोलको मर्मश्पर्शी गीतको भिडियो सार्वजनिक गरेको छ । लोकप्रिय गायिका अञ्जु पन्तको स्वरमा रहेको ‘हाँसो राखें बन्धकीमा’ गीतमा श्रीयास्त्री थापाको शब्द सिर्जना रहेको छ । सनम पुरुष राईको संगीत रहेको यस गीतमा केबी भण्डारीको संगीत संयोजन रहेको छ ।

    फिल्मी शैलिमा निर्माण गरिएको ‘हाँसो राखें बन्धकीमा’ गीतको म्यूजिक भिडियोमा सुर्यमान श्रेष्ठ, शिल्पा पोखरेल आदिको अभिनय रहेको छ । बबिता श्रेष्ठको निर्देशनमा तयार भएको यस म्यूजिक भिडियोलाई उत्तम हुमागाईंले छायाँकन गरेका हुन् । भिडियोलाई कल्पेश विश्वकर्माले सम्पादन गरेका छन् । भिडियो प्रियसी म्यूजिकको अफिसियल यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु