अञ्जु पन्तको ‘स्विट एण्ड लभ्ली’ सार्वजनिक (भिडियो)

म्यूजिक खबर
प्रकाशित: ६ असार २०७६, शुक्रबार

अन्जु पन्तको स्वरमा रहेको ‘स्विट एण्ड लभ्ली’ बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ । गीतमा शब्द तथा संगीत हेज्नल एम डि को रहेको छ भने संजय हमालले संगीत संयोजन गरेका छन् । अन्जु पन्त अहिलेको समयकी सर्वाधिक चर्चित गायिका हुन् । उनले सबै प्रकारको गीतमा स्वर दिएकि छिन् । उनको स्वरमा आइटम गीत भने कमै मात्र रेकर्ड भएका छन् । अन्जु पन्तले गाएका गीतहरु मध्ये यो गीत फरक शैलीको रहेको यस गीतका रचनाकार तथा संगीतकार हेज्नल बताउछन् । हेज्नलले करिब दुइ दर्जन भन्दा बढी गीतमा शब्द संगीत दिई सकेका छन् । राजेन्द्र कमल राईले निर्देशन तथा कोरियोग्राफी गरेको भिडियोलाइ रबिन्द्र बरालले छायाँकन गरेका हुन् । आर्यन खड्काले सम्पादन गरेको भिडियो हेज्नलको आफ्नै अफिसियल यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो । भिडियोमा एन्डीशा खड्को फिचर्ड रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु