गायिका एवं समाजसेवी अन्जु पन्त को मुटु काप्ने जाडोमा न्यानो उपहार, सहयोगको कार्यक्रम लिएर निस्किन् भ्रमणमा

म्यूजिक खबर
प्रकाशित: २० मंसिर २०७५, बिहीबार

पछिल्लो समय समाज सेवामा अगाडि देखिएका सेलिब्रेटीमध्ये सबैभन्दा बढी गीत गाउने, सबैभन्दा बढी पुरस्कार पाउने र गीतबाट सबैभन्दा बढी आम्दानी गर्ने गायिकामा दरिएकी जादुमयी स्वरकी धनी गायिका अन्जु पन्त पनि एक हुन् । अन्जुले आफ्नै नामबाट अन्जु पन्त फाउण्डेसन स्थापना गरेर समाज सेवा गरिरहेकी छिन् ।

सानैदेखि अरुको सेवा गर्न रुचाउने अन्जु यतिबेला आफ्नो सक्षमतासँगै समाजसेवामा तल्लिन हुन थालेकी छिन् । देश तथा विदेशका कार्यक्रममा अत्याधिक व्यस्त हुने अन्जु काठमाडौंमै पनि दिनभर गीत रेकर्डिङमा व्यस्त हुने गर्दछिन् । सकेसम्म सबैलाई सहयोग गर्न पाए हुन्थ्यो भन्ने भावनाकी धनि अन्जु भन्छिन् – ‘ मलाई गाउँमा निकै खुसी लाग्छ । त्यसैले पनि मौका पाउनसाथ गाउँमा पुगिहाल्छु । यसपाली अझ प्रेम पुर्बक सहयोग कार्यक्रम लिएर गाउँवस्तीमा छु ।चाहे गीत रेकर्डिङ गर्दा होस्, स्टुडियोमा होस् वा ुत्जभ ख्यष्अभु को स्टेजमा होस् नवप्रतिभालाई केही प्रेम पुर्बक उपहार वा रुपैयाँ दिने गरेकोछु , किनभने यसबाट उहाँहरूलाई हौसला,उत्साह मिल्छ भन्ने मलाई लाग्छ । मेरो यो हृदयलाई अन्यथा नलिइदिनुहोला ।’
पछिल्लो समयमा उनी समाजसेवाका विभिन्न प्रोगाम सहित विभिन्न जिल्लाहरुको भ्रमणमा छिन् । अन्जु पन्त फाउण्डेशनकी अध्यक्ष अन्जु पन्तले गरिब र असहाय विद्यार्थीहरुलाई २० थान कम्बल र बिस्कुट वितरण गरेकी गरि सकेकी छिन् । फाउण्डेशनमार्फत गरिने अन्य सहयोगका कार्यक्रमहरु यस प्रकार छन् ।

१. २०७५/८/१६ गते बिरगंज कारागारको समता स्कुलका विध्यार्थीहरूलाई १०० स्कुल ब्याग , ४०० कपी, १०० इरेजर, १०० कटर तथा चकलेट आदि वितरण गरियो ।
२. २०७५/८/१७ गते पर्सा महुवनरामनगरिया अपाङ्ग आश्रममा २० जनाका लागि २० वटा फाइबर सिरक अनि चकलेट बिस्कुटहरू वितरण गरियो
३. २०७५/८/१८ गते सर्लाही हरिपुरका मुसहर वालवालिकाहरूलाई ५५ वटा स्कुल ब्याग, २२० कापी, ५५ पेन्सिल, ५५ कटर, ५५ इरेजर तथा चकलेट बिस्कुटहरू सहयोग गरियो ।
४. मकवानपुरको खैराङका चेपाङवस्तीका वालवालिकाहरूका लागि ८८ वटा स्कुल ब्याग, ८८ पेन्सिल, ३५२ कापी, ८८ इरेजर, ८८ कटर, तथा विस्कुट चकलेटहरू वितरण गरियो ।
५. पर्साको बेलवा गाउँको मुसहर वस्तीमा ४९ वटा फाइबर सिरक आदि सहयोग गरियो ।
६. भक्तपुरका ३५ जना बृद्धहरुलाइ ३५ वटा फाइबर सिरक वितरण गर्ने कार्यक्रम छ ।
७. डोटीमा एच आइ भी पिडित बुवाआमाका वालवालिकाहरूलाई शैक्षिक सहयोग निरन्तर गर्ने कार्यक्रम रहेको छ ।

सुमधुर स्वरसँगै सहयोगी मनकी धनी अन्जु भन्छिन् ‘मलाई सहयोग गर्न पाउँदा खुशी लाग्छ । अझ भविष्यका कर्णधार वालवालिकाहरूलाई सहयोग गर्न पाउँदा धेरै खुसी लाग्छ । अहिले सानै भए पनि आफूले सकेको सहयोग गरौँ भन्ने भावनाले खोलिएको अन्जु पन्त फाउण्डेसन Anju Panta Foundation  मार्फत सक्दो सहयोग सदैव गर्ने छु ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु