‘सम्झे पनि तिम्रो याद’ मा अन्जु र मनोजको रियल स्टोरी ?

म्यूजिक खबर
प्रकाशित: २४ माघ २०७५, बिहीबार

काठमाडौं । गायक एवं संगीतकार मनोजराज शिवाकोटी र गायिका अन्जु पन्तको सुमधुर आवाजमा ‘सम्झे पनि तिम्रो याद’ बोलको गजल सार्वजनिक भएको छ । अनिल थापा र प्रियंका कार्की अभिनित उक्त गीतको भिडियो हेरेपछि अन्जु र मनोजको रियल स्टोरी हो कि जस्तो भान हुन्छ । युट्युवमा अधिकांशले रियल स्टोरी भनेर कमेन्ट पनि गरेका छन् ।
भिडियोमा अन्जु र मनोजको रियल स्टोरी देखाइएको हो वा होइन, यो भोग्नेलाई मात्र थाहा छ । तर पनि वास्तविक जीवनका जोडीलाई टुङ्ग्याएका यी दुईले यही गजलमार्फत फेरि सांगीतिक सहकार्यको थालनी गरेका हुन् ।

गजलकार सुरेश वाग्लेको पछिल्लो एल्बम ‘तिमी साथ भएपछि’ मा समावेश गजललाई मनोजले नै संगीतबद्ध गरेका हुन् । सचिन सिंहले संगीत संयोजन गरेका हुन् भने निकेश खडका निर्देशित भिडियोमा प्रियंका कार्की र अनिल थापाले खेलेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु