• अनु शाहले किनिन् ६० हजारको साडी (भिडियो हेर्नुहोस्)

    म्यूजिक खबर
    प्रकाशित: १८ श्रावण २०७५, शुक्रबार

    १९, साउन, काठमाडौं । गायिका कुसुम दाहाल भट्टराईको गीतको कोसेली मिडियामा आएको छ । दिग्गज धौरालीले लेखेको गीतलाई मौसम हिमालीले निर्देशन गरेका हुन् । वर्षेनी तिजको छेकोमा दर्जनौं गीतहरु बन्ने गरेका छन् । प्रवासी गायिका दाहालको मिडियामा आएको यो तेश्रो गीत हो । यस अघि उनका दुई गीत रिलिज भएका छन् भने दुई महिना पहिले ‘नव कुसुम’ नामक एकल म्युजिक एल्बम रिलिज भएको थियो ।

    ‘६० हजारको साडी’ बोलको गीतमा सिने अभिनेत्री अनु शाहले मोडलिङ गरेकी छिन् । उनलाई उमादेवी दाहाल र कोरशले साथ दिएका छन् । दीपक शर्माको संगीतमा नरेन्द्र वियोगीले एरेञ्ज गरेको गीतलाई गृष्मा भट्टराईले उत्पादन गरेकी हुन् । गीत हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु