काठमाडौं । ‘कला गलाको सम्मान हाम्रो अभियान’ भन्ने मूल नारा लिएर आयोजना गरिएको एपिक नेपाल म्युजिक अवार्डको मनोनयनमा परेकालाई प्रमाणपत्र वितरण गरिएको छ । ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको एपिक नेपाल म्युजिक अवार्ड २०७५ का उत्कृष्ट पाँचमा परेकालाई हिजो राजधानीमा एक कार्यक्रमका बीच प्रमाणपत्र तथा मेडल प्रदान गरिएको हो ।
कार्यक्रममा नेपाली काग्रेसका युवा नेता गगन थापाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा एपिक नेपालका अध्यक्ष अमन श्रेष्ठ सभापतित्व रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य एपिक नेपालका सदस्य गोकर्ण लामिछानेले राखेका थिए । कार्यक्रमको संचालन एपि वानका चर्चित समाचारवाचक निराजन भण्डारीले गरेका थिए ।
कार्यक्रममा बरिष्ठ नेपाली चलचित्र क्षेत्रका पुराना निर्माता भुवन श्रेष्ठ, बरिष्ठ निर्देशक मोहन निरौला, बरिष्ठ पत्रकार विजयरत्न तुलाधर, चलचित्र निर्माता विधान शाह, संगीत कला पत्रकार संघका अध्यक्ष सुमन बैरागी, चलचित्र पत्रकार संघ नेपालकी उपाध्यक्ष गीता अधिकारी, पत्रकार किरण अधिकारी, महिला भिडियो निर्देशक बविता श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।
विभिन्न ६६ विधामा आयोजना हुन लागेको यस अवार्ड आगामी माघ ५ गते काठमाडौंमा विशेष समारोहका साथ हुने अवार्ड आयोजक समितिका अध्यक्ष अमन श्रेष्ठले जानकारी दिए । अवार्डमा ७० प्रतिशत भोटिङ र ३० प्रतिशत जुरीको मतका आधारमा विजेता छनोट गरिने छ । मौलिक गीतहरुलाई भने विना प्रतिस्पर्धा जुरीको निर्णयको आधारमा केही विधामा अवार्ड प्रदान गर्ने आयोजक संस्थाले जनाएको छ ।
उक्त अवसरमा नेपाली कला क्षेत्रमा सक्रिय सञ्चारकर्मीहरु टिभी टुडेका रमेश बस्नेत, एविसी टेलिभिजनका पत्रकार विनोद विश्वकर्मा, साप्ताहिकका कृष्ण भटटराई, नेपाल समाचार पत्रकार विदुर गिरी, शुशिल पौडेल कान्तिपुर दैनिक, बरिष्ठ पत्रकार विजयरत्न तुलाधर, अनन्त बाग्ले अन्नपुर्ण दैनिक, नयाँ पत्रिकाका लक्ष्मण सुवेदीलाईलाई सम्मान गरिने पनि घोषणा गरिएको थियो ।