सिर्जु र अर्जुनको ‘बिहे भाछैन’ मा पूजा र आकाश

म्यूजिक खबर
प्रकाशित: २२ आश्विन २०७८, शुक्रबार

काठमाण्डौ । नेपाली लोकगीत संगीत क्षेत्रमा प्रिय बन्दै गएकी गायिका तथा मोडल सिर्जू अधिकारी र अर्जुन सुनामको स्वरमा ‘बिहे भाछैन’ मात्रै सार्बजनिक भएको छ ।

गीतको भिडियोमा चर्चित अभिनेत्री पूजा शर्मा र आकाश श्रेष्ठ फिचर्ड रहेको छ । ‘बिहे भाछैन’ बोलको गीतको भिडियोमा पूआ जोडीको आकर्षक नृत्य समेत देख्न सकिन्छ ।

हरी लम्सालको संगीत रहेको ‘बिहे भाछैन’ बोलको गीतमा शब्द एस.पी सापकोटाको र स्वर भने अर्जुन सुनाम र सिर्जु अधिकारीको रहेको छ । एस.पी सापकोटाको भिडियो निर्माण रहेको गीतको म्युजिक भिडियोलाई सुदिप बरालको छायांकन रहेको छ भने सम्पादन अर्जुन जि।सी ले गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु