अझै ट्रेन्डिङको यात्रामा ‘मैले बोलेको छैन ढाँटेर’

म्यूजिक खबर
प्रकाशित: २३ असार २०७७, मंगलवार

काठमाडौं । पछिल्लो समयका लोकप्रिय संगीतकार अर्जुन पोखरेलको शब्द संगीतमा रहेको गीत ‘मैले बोलेको छैन ढाँटेर’ अपलोड भएको २४ घन्टामा ट्रेन्डिङको यात्रा तय गरेको थियो । त्यसपछि गीत अपलोड भएको २ हप्ता पुगीसक्दा पनि ट्रेन्डिङको स्थान अझै छोडेको छैन । अहिले अहिले २७ औं नम्बरमा रहेको उक्त गीतमा गायकद्वय कृष्ण काफ्ले, बुद्ध लामा, गायिकाद्वय अस्मिता अधिकारी र समीक्षा अधिकारीको स्वर रहेको छ । गीतको संगीत संयोजन पनि संगीतकार पोखरेलकै रहेको छ भने मिक्सिङ साजन शाहको रहेको छ ।

राम्रो भिउज कमाउन सफल गीतले भिउज र प्रतिक्रिया पनि राम्रो पाउन सफल भएको छ । यो समाचार तयार पार्दाको समयमा गीतलाई झण्डै १३ लाख दर्शकले नियाली सकेका छन् ।
‘मैले बोलेको छैन ढाँटेर’ गीतको भिडियो समेत निर्माण भएको छ । गीतको शब्द संगीत र स्वरको मात्र प्रशंसा नभई भिडियोको पनि उतिकै प्रशंसा भएको छ । गीतको भिडियोलाई विधान कार्कीले निर्देशन गरेका छन् । गीत र भिडियो निकै आकर्षक बनेको कारण पनि दर्शकहरूले रुचाउने निर्देशक कार्कीको भनाई रहेको छ । लक डाउनका समयमा सामाजिक दुरी कायम गरी खिचिएको यो गीतको भिडियोलाई उत्सव दाहालले खिचेका हुन भने सम्पादन विकाश दाहालको रहेको छ । जसमा गायक गायिकाकै अभिनय देख्न सकिन्छ । गायक गायिकाहरू आफैले पहिलो पटक अभिनय गरेका कारण पनि यो गीतको भिडियो चल्ने अनुमान गरिएको छ ।
विकास दाहालको सम्पादन रहेको भिडियोमा उत्सव दाहालको छायाँकन रहेको छ । नेपसिनेमाको प्रस्तुतिमा द डिभाईन म्युजिकको युवट्युव च्यानल मार्फत म्युजिक भिडियोलाई सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु