सिमा मिचीएको बिरूद्द कलाकारहरुको आवाज ‘हाम्रो माटो’

म्यूजिक खबर
प्रकाशित: ११ जेष्ठ २०७७, आईतवार

काठमाडौँ । भूमी अतिक्रमणको विषयलाई टिपेर आधा दर्जन गायक गायिकाहरुले ‘हाम्रो माटो’ बोलको गीत सार्वजनिक गरेका छन् । गायक अमृत खातीको शब्द तथा राजा राजेन्द्रको संगीतमा गीत सार्वजनिक भएको हो ।

गीतमा अमृत खाती, राजा राजेन्द्र, विक्रमजंग शाह, सिर्जु अधिकारी र अनु अधिकारीको स्वर छ । कमल सौरागको संगीत संयोजन रहेको गीतको रेकर्डिङ र मिक्सिङ सन्जय शृपालले गरेका छन् । गीतको निर्देशन, सम्पादन र छायांकन हुम गैरेले गरेका हुन् भने मुर्चुङ्गा डिजिटलले गीत बजारमा ल्याएको हो ।

नेपालले भारतबाट अतिक्रमित भूमी लिपुलेक, कालापानी र लिम्पियाधुरासहित समेटेर राजनीतिक तथा प्रशासनिक नयाँ जारी गरेपछि भारतले नेपालको कदमलाई चीनको सहायतामा काम गरेको आरोप लगाएको छ । भारतले वर्षौदेखि नेपालको पश्चिमी क्षेत्र अतिक्रमण गर्दै आएको छ । अहिले नेपाल सरकारले सिमा क्षेत्रमा सुरक्षाकर्मी पनि खटाईसकेको छ ।

मातृभूमि रक्षार्थ सबै नेपाली एकजुट बनौू भन्ने भाव झल्काउने गीतमा गायक गायिकाहरु अमृत खाती, बिक्रमजंग शाह, राजा राजेन्द्र, सिर्जु अधिकारी र अनु अधिकारीको साथमा उमा श्रेष्ठ, सरीता जिरेल, सुमी श्रेष्ठ, राजकुमार हुमागाईंले अभिनय गरेका छन् ।

भिडियोः

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु