सुमार्गीको गीतमा शिव र हर्षिका भए बाबु छोरी (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: २६ भाद्र २०७५, मंगलवार

२६ भाद्र, काठमाडौं । व्यवसायी तथा गीतकार अस्मिता सुमार्गीको शब्द समावेश ‘बाबा तिमी छौ र त’ बोलको गीतमा नायक श्रेष्ठ र नायिका हर्षिका श्रेष्ठ बाबु छोरीको भूमिकामा अभिनय गरेकाछन् । बुबाको मुख हेर्ने दिनको अवसर पारेर गत आईतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै गीतको भिडियोलाई सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा विश्व नेपालीको स्वर तथा संगीत रहेको छ।

कार्यक्रममा गीतकार अस्मिताले यस गीत आफ्नो बाबालाई समर्पित गरेर गीत लेखेको बताइन् । उनले भनिन्, – ‘बाबा आमा विना आफ्नो अस्तित्व हुदैन्। यदि उहाँहरुले जन्म नदिनुभएको भए म यो स्थितीमा हुने थिएन्। त्यहीँ बाबा आमाको प्रेमलाई देखेर उहाँलाई समर्पित गर्दै यस गीत लेखेकी हुँ।’
गीतको म्यूजिक भिडियोलाई युवराज वाइवाको निर्देशनमा तयार पारिएको छ भने अभिनेता शिव श्रेष्ठ र नायिका हर्षिका श्रेष्ठले बाबु छोरीको भुमिकामा अभिनय गरेका हुन् ।

अहिले देशमा भइरहेको बलत्कारको विरुद्दमा भिडियो तयार पारीएको छ । अभिनेता श्रेष्ठले यो भिडियोमा काम गर्न पाउदा खुसी लागेको बताए । उनले भने, धेरै फिल्ममा काम गरे पनि भिडियोमा काम गर्न पाउँछु जस्तो लागेको थिएन्। तर यति राम्रो गीतमा अभिनय गर्न पाएको छु निकै खुसी लागेको छ उनले बताए । साथै नायीका हर्षिकाले पनि भिडियोमा काम गर्न पाउँदा खुसी भएको बताईन । भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने सम्पादन निशान घिमिरेले गरेका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु