• अस्मिता अधिकारीको “त्यो जुनेली रात” गजल सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: ९ आश्विन २०७६, बिहीबार

    काठमाडौ । नेपाल आइडलकी अस्मिता अधिकारीको “त्यो जुनेली रात” गजल सार्वजनिक भएको छ । उक्त गजलमा गजलकार सुरेश वाग्लेको शब्द रहेको र अर्जुन पोखरेलको संगीत रहेको छ भने गोपाल रसाइलीको एरेंज रहेको छ । जुनेली रात सम्झिदा खुसि लाग्ने कुरा गरिएको उक्त गजलमा मायालु हुदा दुनियाँ जता हेरेनि रंगीन लागेको कुरा समावेश गरिएको छ ।

    निकेश खड्काको निर्देशनमा अस्मिता अधिकारी र पुस्कर कार्कीको अभिनय रहेको छ । अस्मिता र पुस्करको प्रेमिल यात्रा प्रस्तुत गरिएको छ । भिडियो बुद्ध थापाले छायाँकन गरेका हुन् भने सोही भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु