भ्वाइस अफ नेपालबाट बाहिरिएका अजय कार्कीले ल्याए राष्ट्रियभावको गीत ‘हामी देश बचाऔं’

म्यूजिक खबर
प्रकाशित: १२ श्रावण २०७८, मंगलवार

काठमाडौं । भ्वाइस अफ नेपालमा भाग लिनका लागि काठमाडौं छिरेका अजय कार्कीले भ्वाइस अफ नेपालको विजयी हुने सपना पूरा नगरे पनि गायनमा लाग्नुको औचित्य पूरा गरेका छन् । उनले आफ्नो गायन यात्राको क्रममा राष्ट्रिय भावको गीतबाट गायन यात्रालाई अगाडि बढाएका छन् ।

कार्कीले सिलौटो क्याफे अनामनगरमा पत्रकारहरुलाई भेला पारेर आफ्नो नयाँ गीत ‘हामी देश बचाऔं’लाई सार्वजनिक गरेका हुन् । पत्रकार तथा संचारकर्मी हरिराम पौडेल, म्यूजिक खबरकी सम्पादक सबिता पोखरेल, प्रेस काउन्सिल नेपालका कुशल आचार्य, गायक चिरञ्जीवी भण्डारी लगायतको उपस्थितिमा एल्बमलाई सार्वजनिक गरेका थिए । उनीहरुले सम्भावना बोकेका गायक कार्कीको सफलताको शुभकामनासमेत दिएका थिए ।

हामी देश बचाऔं गीतको शब्द, संगति र स्वर अजय कार्कीकै रहेको छ भने संगीत संयोजन सञ्जीब बराइलीको रहेको छ । महानायक राजेश हमालसँगै पत्रकार शिशिर भण्डारी, मोडल दिपेन्द्र सोनाम, गीता ढुंगाना, कविता न्यौपाने, सुनिम गुरुङ, सरोन गुरुङ, एन्जेल गुरुङ, जोस्ना थापा मगरको अभिनय रहेको छ । उत्सव दाहालको छायाँकन रहेको यस गीतको सम्पादन भने विष्णु खड्काले गरेका हुन् । अमोन रानाको कोरियोग्राफी रहेको भिडियोको निर्देशन भने निरेन श्रेष्ठले गरेका छन् । भिडियोलाई अजय कार्कीको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु