आफ्नै संगीत र स्वरमा बबिनाले ल्याइन् ‘के हुन्छ होला’

म्यूजिक खबर
प्रकाशित: २२ आश्विन २०८०, सोमबार

काठमाडौं । सुमधुर स्वरकी धनी गायिका बबिना भट्टराईले आफैंले संगीतबद्ध गरेर नयाँ गीत सार्वजनिक गरेकी छिन् । आत्माको भाव बोलेको ‘के हुन्छ होला’ बोलको यस गीतमा बबिनाकै कर्णप्रिय स्वर रहेको छ ।

गीतमा पुन्य चौलागाईको शब्द रहेको यस गीतको एरेन्ज भने बलराम समालले गरेका हुन् । म्युजिक नेपालको स्टुडियोमा रेकर्ड गीतको मिक्सिङ तथा मास्टरिङ प्रकाश खरेलको रहेको छ ।

बबिना भट्टराईको अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक भिडियोमा समेत स्वयं बबिना प्रस्तुत भएकी छिन् ।

पछिल्लो समय सस्तो लोकप्रियता कमाउने होडमा आइरहेका गीत भन्दा यो गीत शब्द, संगीत र स्वरमा पृथक छ । गीतले आत्माको खोज र भित्री चिन्तनको सारलाई समेटेको छ, आत्माको अदृष्य भावप्रति गीतकारको कौतुहलता यो गीतमा पोखिएको छ ।

सुगम संगीत र भक्ति संगीतमा तल्लिन बबिनाका भगवान श्री कृष्णका भजनहरु काले काले कृष्ण, मधुराष्टकम्, महामन्त्रको रुपमा जपिने हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे ।।हरे राम हरे राम राम राम हरे हरे, अच्युतम् केशवम् रामानारायणम्, श्री कृष्ण गोविन्द हरे मुरारे, अच्युताष्टकम लगायत भगवान श्री राम, महादेव, हनुमान चालिसा, दुर्गा भजन, गायत्री मन्त्र लगायतका विभिन्न भजनहरु बीणा भक्ति युट्व च्यानलमा संग्रहित रहेका छन् भने उनका व्यवसायिक गीतहरु उनको आफ्नै ‘बबिना भट्टराई’ युट्व च्यानल मार्फत सार्वजानिक हुदै आएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु