• बबिताको निर्देशनमा ‘मायाको प्रमाण’ सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: ११ जेष्ठ २०८१, शुक्रबार

    काठमाडौं । बबिता श्रेष्ठ ‘मलेकु’ निर्देशित पछिल्लो भिडियो ‘मायाको प्रमाण’ सार्वजनिक भएको छ । जसमा शब्द राजन बिक, संगीत महेन्द्र भण्डारीको छ भने चर्चित गायक अर्जुन कुँवर र गायिका निर्मला नेपालीको स्वर रहेको छ ।

    भिडियोमा दिपेन्द्रराज गीरी, निर्मला नेपाली, निर्मल भण्डारी फिचरिङ छ । भिडियो उत्तम हुमगाईंले खिचेका हुन् भने सम्पादन कल्पेश बिश्वकर्माले गरेका हुन् । निर्देशक बबिता श्रेष्ठ नेपाल म्युजिक भिडियो निर्देशक समाजकी अध्यक्ष हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु