फिल्मी शैलीमा बद्री पंगेनी र बिष्णु माझीको  ‘मान्छे फकाएर आफ्नो हुँदैन’  

म्यूजिक खबर
प्रकाशित: ६ बैशाख २०७६, शुक्रबार
काठमाडौं । डान्सिङ हिरो दीलिप रायमाझी अभिनित नयाँ म्युजिक भिडियो ‘मान्छे फकाएर आफ्नो हुँदैन’ सार्वजनिक भएको छ । फिल्मी शैलीमा तामझामका साथ थुप्रै कोरस प्रयोग गरेर निर्माण गरिएको भिडियोमा दीलिपलाई जोडीको रुपमा मोडल अलिशा शर्माले साथ दिएकी छन् ।
चर्चित लोक गायक गायिका बद्री पंगेनी र बिष्णु माझीको स्वर रहेको गीतमा शब्द तथा संगीत बिनोद पराजुलीको रहेको छ । गीतका शब्द मिठास भरिएका तथा जनजिब्रोमा झुन्डिने खालका छन् ।
शुभारम्भ डिजिटलका लागि शम्भु कुवँरको प्रस्तुतिमा तयार भएको गीत  छिट्टै लोकप्रिय हुने बिश्वास आफुलाई रहेको गायक बद्रीले बताए । काजिश श्रेष्ठको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायाँकन तथा दीपक बिष्टको सम्पादन रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु