• बालापनको याद दिलाउने गीत सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: १२ श्रावण २०८०, शुक्रबार

    काठमाडौं । लामो समय देखि अस्ट्रेलियाको मेलबर्नमा बसोबास गर्दै आएका गायक अविनाश न्यौपानेको ‘बालापन’ बोलको गीत सार्वजनिक भएको छ। अविनाश न्यौपाने र डि.आर पौडेलको शब्द र अविनाशकै संगीत रहेको गीतमा प्रमोद परियारको एरेन्ज रहेको छ ।

    ‘बालापन’गीतको भिडियोलाइ गीतको भावअनुसार बालापनको याद पुरै ताजा बनाउने किसिमबाट तयार गरिएको छ । विकास दाहालको सम्पादन, दिपक गिरिको छायांकन अनि सुरेश खोलिको निर्देशन रहेको यो भिडियोलाइ स्वयम अविनाश न्यौपानेले आफ्नै नयाँ युट्युब च्यानल( Abinash Neupane ) बाट रिलिज गरेका छन । गीतको भिडियोले बिस्तारै सबैको मन जित्दै गएको देखिन्छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु