जनता आवास पुनःनिर्माण कार्यक्रम अन्तर्गत बारा र पर्साका हावाहुरी पीडितलाई घर हस्तान्तरण

म्यूजिक खबर
प्रकाशित: १९ भाद्र २०७६, बिहीबार

काठमाडौं । जनता आवास पुनःनिर्माण कार्यक्रम अन्तर्गत नेपाली सेनाले निर्माण गरेका हावाहुरीले क्षतिभएको बारा र पर्साका पीडित जनताका लागि निर्माण गरिएको घर हस्तान्तरण गरिएको छ । गत वर्ष चैत १७ गते साँझ आएको चक्रवातबाट २७ जनाको मृत्यु हुनका साथै अर्बौ मूल्य बराबरको धनमाल क्षति भएको थियो । हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलको प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतको उपस्थितिमा बारा पर्साका प्रभावित स्थानीय तहका प्रमुखलाई घर हस्तान्तरण गरिएको हो । सरकारले गत वर्ष चैत २१ गते क्षतिग्रस्त घरको पुनःनिर्माण गर्ने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरे अनुसार बारा र पर्साका विभिन्न स्थानीय तहमा निर्माण गरिएको जनता आवास पुनःनिर्माण कार्यक्रमअन्तर्गत नेपाली सेनाले ८६९ घर निर्माण गरेको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु