अभिनेत्री बर्षाले रोजिन् सजिनाज् क्रियसन’

म्यूजिक खबर
प्रकाशित: २६ भाद्र २०७६, बिहीबार

काठमाडौं । अभिनेत्री बर्षा राउतले आकर्षक र नविनतम पहिरन आफ्नो रोजाइमा सधै मन पर्ने गरेको बताएकी छन् । बिहिवार राजधानीको नक्सालमा सजिनाज् क्रियसन’ बुटिक उद्घाटन गर्दै उनले फेसनमा आफु सधै सजक रहेको समेत बताइन् । रिवन काटेर सजिनाज् क्रियसन’ बुटिकको उद्घाटन गरेकी अभिनेत्री राउतले यो बुटिकको बिषेशता आफुलाई मन परेर जोडिएको बताइन् । क्रियसनकी संचालिका सजिना बिष्टसँग फ्यामिलीगत रिलेसन पनि क्रियसनसँग जोडिनुको अर्काे कारण रहेको उनले खुलाइन् । कुर्था, लेहेब्गा, सारी आफ्नो बिषेश मनपर्ने पहिरन भएको बताएकी बर्षाले सजिनाज् क्रियसन’ले पनि यस्ता पहिरनलाई बिषेश महत्व दिएकोले खुसी ब्यक्ति गरिन् । उनले थपिन् सेलिब्रेटीको रोजाइमा पर्ने र उनीहरुलेलगाउने सबै पहिरन यो बुटिकमा रहेछ । मेरो मात्र होइन धेरै सेलिब्रेटीका लागि पनि यो उपयुक्त बन्ने छ । बुटिक सजिना बिष्टले संचालनमा ल्याएकी हुन् । धेरै फेसन शो र बिभिन्न सौदर्य प्रतियोगितामा समेत ड्रेस डिजाइनरको भुमिका समेत निर्बाह गरिसकेकी बिष्टले दैनिक प्रयोगमा आउने क्याजुअल, ब्राइडल, इन्डोवेस्टन, गाउँन लगायतका पहिरनलाई बुटिकले प्राथमिकता दिएको बताइन् । नेपाली फिल्म, म्युजिक भिडियो, फेसन शो लगायत कुनेै प्रकारको प्रायोजनका लागि नयाँ र आकर्षक पहिरन डिजाइन गर्न हामीलाई आपती छैन’ सजिनाले भनिन् यो मेरो अध्यायन र सौखको बिषय पनि हो । अध्यायन र सौखको बिषय बुटिक मार्फत ब्यवसायमा बदल्न लागेको उनको भनाई थियो । अभिनेत्री बर्षाबाट बुटिक किन उद्घाटन गर्नु भयो मिडियाले सोधेको प्रश्नमा संचालक बिष्टले भनिन् अभिनेत्रीमा फेसन ट्रेन हुन्छ । उनीहरुले लगाएको पहिरन सर्वसाधारणले पनि फलो गर्दछन् । बिष्ट नेपाल इन्चिच्युट अफ फेसनको २०१४की फष्ट सेसन बिजेता बिद्यार्थी हुन् । बुटिककमा ढाकाका पहिरनलाई पनि आफुले बिषेश प्रथामिकतामा राखेको उनले सुनाइन्

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु