बसन्त थापा र सपनाको “देवीलाई रातो धजा छ” सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: १० आश्विन २०७६, शुक्रबार

काठमाडौ । लोकप्रिय गायक बसन्त थापा र गायिका सपना थापाको “देवीलाई रातो धजा छ” बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । माया , प्रेम र बैशको भाव समावेश गरिएको उक्त गीतमा देउतासँग मायालुको हात मागेको र मायालुसँग भन्ने आट नभएको कुरा गीतमा सन्देश गरिएको छ । उक्त गीतमा एक नारायण भण्डारीको शब्द तथा संगीत रहेको उक्त गीतमा आसिष अविरलको एरेंज रहेको छ ।

“देवीलाई रातो धजा छ” बोलको गीतको भिडियोलाई सुनिल क्षेत्रीले निर्देशन तथा कोरियोग्राफी गरेका हुन भने सोही गीतको भिडियोमा सुनिल क्षेत्री र माला लिम्बुको अभिनय रहेको छ । सुनिल क्षेत्री र माला लिम्बुलाई एक माया गर्ने जोडीको रुपमा प्रस्तुत गरिएको भिडियोमा उनीहरुलाई राम्रो नृत्य देख्न सकिन्छ । उक्त गीतको भिडियो नवराज उप्रेतीले छायाँकन गरेका हुन् भने सोही गीतको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् । “देवीलाई रातो धजा छ” बोलको गीतलाई एक नारायण भण्डारीको युटयुबबाट सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु