रुचाइयो ‘पाल्पाको चुकाउनी’, युट्युवको ट्रेण्डिङमा उक्लिदै

म्यूजिक खबर
प्रकाशित: ४ बैशाख २०७९, आईतवार

काठमाडौं । गायक तथा संगीतकार बसन्त थापा र गायिका लक्ष्मी मल्लको स्वरमा रहेको गीत ‘पाल्पाको चुकाउनी’ लाई दर्शकहरुले रुचाएका छन्। बसन्त थापा युट्युव च्यानलबाट सार्वजनिक भएको गीत यतिबेला ट्रेण्डिङमा पर्न सफल भएको छ । उल्लेखनिय भ्यूज पाएको यो गीतलाई कमेन्ट पनि सकारात्मक मिलेको छ । गीतको शब्द, स्वर र संगीत सँगै म्यूजिक भिडियोको नै प्रशंसा गरिएको छ ।
लोकगायक तथा संगीतकार वसन्त थापाले ‘पाल्पाको चुकाउनी’ बोलको लोकदोहोरी गीत सार्वजनिक भएको केहि समय न बित्दै युटुबको ट्रेनिङमा प्रवेश भएको छ।गीतमा वसन्त र लक्ष्मी मल्लको स्वर रहेको छ भने नवराज पन्तको शब्द तथा वसन्त स्वयंको संगीत रहेको छ । गीतलाई कृष्ण विकले एरेन्ज गरेका हुन् ।
भक्तपुरको दही र पाल्पाको चुकाउनीलाई विम्बको रुपमा प्रस्तुत गर्दै मायाप्रेमको गीत तयार पारिएको वसन्तले बताए । गीतको भिडियोमा वसन्त, सुनिल क्षेत्री, समारिका–स्मारिका ढकाल फिचर्ड छन् । दीपक एम सिंहको कोरियोग्राफी तथा निर्देशन रहेको गीतको भिडियोलाई अजय रेग्मीले खिचेका हुन् भने विकास ज्ञवालीले सम्पादन गरेका छन् । भिडियोका निर्माता सूर्य ओली हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु