बी.बी. र इन्दुको भ्यालेन्टाइन डे स्पेशल, को हुन् त ‘दिलराजा दिलरानी’ ?

म्यूजिक खबर
प्रकाशित: २८ माघ २०७५, सोमबार

काठमाडौँ। लोकप्रिय संगीतकार एवं गायक बीबी अनुरागी र गायिका इन्दू बानियाँको भ्यालेन्टाइन डे स्पेशल सार्वजनिक भएको छ । भ्यालेन्टाइन डेलाई लक्षित गर्दै संगीतकार तथा गायक बीबी अनुरागी र इन्दू बानियाँको रोमान्टिक डान्सिङ युगल गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

संगीतकार तथा गायक बीबी अनुरागी तथा गायिका इन्दु बाँनियाको युगल स्वरको ‘दिलराजा दिलरानी’ बोलको गीत सोमबार साँझ ओपल इन्टरटेन्मेन्टको युट्युबमार्फत सार्वजनिक गरिएको हो । यस गीतमा ओपल इन्टरटेन्मेन्टको नै प्रायोजन रहेको छ ।

गीतमा वरिष्ठ संगीतकार तथा गायक बीबी अनुरागीको नै संगीत तथा एरेन्जमेन्ट रहेको यस गीतलाई सुमन श्रापितले लेखेका हुन् । गम्भिर विष्टको कोरियोग्राफी तथा निर्देशनमा बनेको यस गीतको म्युजिक भिडियोमा अहिलेका सबैभन्दा चर्चित तथा रोमान्टिक जोडी अभिनेता पल शाह तथा अभिनेत्री आँचल शर्माले अभिनय गरेका छन् ।

नवराज उप्रेतीद्वारा छायाङ्कन गरिएको म्युजिक भिडियोलाई नविन निरौलाले सम्पादन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु