आधा दर्जन एल्बम लिएर आउँदै बी बी थापा

म्यूजिक खबर
प्रकाशित: ३ भाद्र २०७६, मंगलवार

काठामाडौं । हालसालै २७ एल्वम एकैसाथ रिलिज गरी वल्ड बुक अफ रेकर्डस् मा आफ्नो नाम लेखाउन सफल चर्चित तथा बरिष्ठ गीतकार बी बी थापा फेरि आधा दर्जन एल्बम लिएर आउने भएका छन् । यि एल्वमहरुमा चर्चित संगीतकारहरू र गायक गायिकाहरूको स्वर रहनेछ । दशैं गीतबाट रेकर्डिङ शुरू गरेका थापाले आफ्नो एल्बमका गीतहरू संगीत तथा एरेन्ज लगभग आधी भन्दा बढी सकिएको बताएका छन् । दशैं गीतमा चर्चित गायक रूपक डोटेल, कौशलराज, संजय बडालको सामुहिक स्वर र नारी आवाजमा शिलु तथा आद्रिकाको स्वर रहेको छ । उक्त गीतमा लाहुरेको पिडा र गरिबीको व्यथा झल्किएको गीतकार थापाले बताए । मनोज चौलागाईको संगीत र संयोजन रहेको गीत यसै हप्ता छायांकन हुँदैछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु