गायक निवासले ल्याए बिबी अनुरागीको शब्द, संगीतमा ‘पछ्यौरी घर बुना’

म्यूजिक खबर
प्रकाशित: २१ माघ २०७६, मंगलवार

काठमाडौं । चर्चित नायक तथा निर्देशक शिबन पोखरेलको निर्देशनमा ‘पछ्यौरी घर बुना’ बजारमा आएको छ । नेपाली गीत संगीतको दुनियाँमा आफ्नो छुट्टै पहिचान बनाउन सफल कलाकार निर्देशनमा पछिल्लो समय आएको ‘पछ्यौरी घर बुना’ मा निवास थापाको आवाज रहेको छ ।

यस गीतमा लय, शब्द नेपाली गीत संगीतका बरिष्ठ सर्जक गायक एवं संगीतकार बिबि अनुरागीको रहेको छ भने कृष्ण बिक भान्जाको एरेन्ज रहेको छ । प्रिज्मा रेकडिङ स्टुडियोमा रेकर्ड भएको गीतले मिक्सीङ श्यामश्वेत रसाईलीको रहेको छ ।

चर्चित नायक तथा निर्देशक शिबन पोखरेलको निर्देशन रहेको गीतलाई अजय रेग्मीले छायांकन गरेका छन् । अधिनायक मान सेरचनले संम्पादन गरेको भिडियोलाई युबिन, अप्सना, बिदुर र पुजाको अभिनय देख्न सकिन्छ । र यस गीतलाई सहार फिल्मस एण्ड ईन्टरटेइमेन्टले बजार ब्यबस्थापन गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु