कुन गीतले चुम्ला ‘सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत’ को अवार्ड ?

म्यूजिक खबर
प्रकाशित: ९ मंसिर २०७८, बिहीबार

काठमाडौं । विगत १० वर्ष यता हुँदै आएको ‘म्यूजिक खबर म्यूजिक अवार्ड’ को नवौं संस्करणमा कुन कुन सिर्जना र स्रष्टाले अवार्ड चुम्ने हुन् अब प्रतिक्षाको विषय बनेको छ ।
शुभकामना मिडियाको आयोजनामा हुने अवार्डमा विविध ४२ विधाका स्रष्टा र सिर्जनाहरु सर्वोत्कृष्ट पाँचभित्र पर्न सफल भएका छन् ।

अवार्डमा राष्ट्रिय भावको गीत, पप गीत, लोकदोहोरी गीत, आधुनिक गीत, गजल, चलचित्र गीत लगायतका विविध विधा रहेका छन् ।

जस अन्तर्गत ‘राष्ट्रिय भावको गीत’ को मनोनयन सुचीमा – त्यही सच्चा नेपाली, सुन्दर नेपाल, न त म पहाडी, मेरी आफ्नी आमा र यही देशमा जन्मे बोलका पाँच गीतहरु परेका छन् ।

१.आनन्द अधिकारीले रचना गरेको देबिका बन्दना र राजन इशानको स्वर रहेको ‘त्यही सच्चा नेपाली’ बोलको गीतको भोटिङ कोड MKA 001 रहेको छ ।

२. दिपक देवकोटाको रचना, राजु सिंहको संगीत र केवी राईको स्वर रहेको गीतमा ‘सुन्दर नेपाल’ बोलको गीतको कोड भने MKA 002 रहेको छ ।

३. तीर्थराज आचार्यको रचना, विपिन आचार्यको संगीत र माण्डवी त्रिपाठीको स्वर रहेको ‘न त म पहाडी’ बोलको यस गीतको भोटिङ कोड MKA 003 रहेको छ ।

४. त्यस्तै राष्ट्रिय भावको उत्कृष्ट पाँचको सूचिमा पर्न सफल अर्को गीत हो पारसमणी बरालद्वारा रचना गरिएको ‘मेरी आफ्नी आमा’ । यस गीतमा शक्ति बल्लभले संगीत भरेका छन् भने सुमित खड्काको स्वर रहेको छ । यस गीतको भोटिङ कोड MKA 004 रहेको छ ।

५. राष्ट्रिय भावको गीतको विधामा उत्कृष्ट ५ मा पर्न सफल ‘यहि देशमा जन्मे’ पनि हो । यस गीतमा एच के धितालको रचना, डम्बर ढकालको संगीत र राम थापाको स्वर रहेको छ । यस गीतको भोटिङ कोड MKA 005 रहेको छ ।

मनोनयमा परेकामध्येबाट भोटिङबाट ४० प्रतिशत र निर्णायकबाट ६० प्रतिशत मतका आधारमा उत्कृष्ट पाँचबाट एक जनाले अवार्ड चुम्नेछन् । भोटिङ गर्नको लागि एमकेए एक स्पेस दिएर आफ्नो भोटिङ कोड टाइप गरेर ३१००७ मा पठाउन सकिन्छ । अर्थात् प्रभु पे एप डाउनलोड गरि अर्थात ग्लोबल अनलाइन पे मार्फत आफूलाई मन परेको विधामा भोट गर्न सकिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु