• गायक भोजराज भटटको आवाजमा “काठैको बाकसमा” (भिडियो सहित)

    म्यूजिक खबर
    प्रकाशित: १० भाद्र २०७७, बुधबार

    काठमाण्डौँ ।
    बहुचर्चित तथा लोक भाकामा आफनो सुरिलो आवाज बाट परिचित गायिका गौरी भटट र गायक भोजराज भटटको आवाजमा कालजयी गीत “काठैको बाकसमा” सार्वजनिक भएको छ ।

    पुष्कर एैर र गणेश साउदको उत्कृष्ट शव्द तथा लोक ऐर रविको सुमधुर लय सिर्जना गीतको निमार्ण गरिएको छ । गीतमा समावेश विषयबस्तु निकै मार्मि र त्यसमा समावेश गरिएको शब्द सिर्जना तारिफ योग्य छ । परदेशमा धन कमाउने सपना बोकेर श्रीमान परिवारले गुमाउनु पर्दाको अवस्थालाई गीतमा चित्रण गरिएको छ ।

    दिपक गिरीको छायाँकन , प्रकाश एस केको सम्पादन तथा निशान एस के को निर्देशन भिडियोमा रहेको छ । “काठैको बाकसमा” गीतको भिडियोमा सुरविर पण्डित , समिर खान , अनिसा कटुवाल , फरिता खड्का , करिष्मा अधिकारीको मार्मिक अभिनय रहेको छ ।

    “काठैको बाकसमा” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ः

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु