• भोजराज काफ्ले र गंगा चौहानको ‘माया बैगुनी’

    म्यूजिक खबर
    प्रकाशित: ९ भाद्र २०७७, मंगलवार

    काठमाडौं । लोकप्रिय गायक भोजराज काफ्ले पछिल्लो समय आफूलाई फरक ट्रेन्डअनुसार नै प्रस्तुत हुने गरेका छन् । काठ क्षेत्रमा आफूलाई अलि फरक पहिचानमा उभ्याएका गायक काफ्लेका धेरै सन्देशमूलक गीत रहेका छन् । नयाँ नयाँ प्रतिभालाई प्राथमिकतामा राखेर अगाडि बढिरहेका काफ्लेको ‘बोत्तलको पानी’ले सबैभन्दा धेरै दर्शक स्रोता कमाउन सफल भयो । हुन त अडियोको जमानामा पनि उनको गीत सबैभन्दा धेरै बिक्री हुने गर्थे र डिजिटल बजारसँगै उनका गीत पनि बजार सुहाउँदो बन्दै गइरहेका छन् ।

    पछिल्लो समयमा भोजराज काफ्ले र गंगा चौहानको स्वरमा रहेको गीत ‘माया बैगुनी’ बजारमा आएको छ । गायक काफ्लेकै शब्द र संगीतमा रहेको उक्त गीतलाई राकेश सोनीले संगीत संयोजन गरेका छन् । राजीव बलामीको कोरियोग्राफीमा विमल अधिकारी र विनु शाक्यलाई फिचर्ड गरिएको छ । भिडियोमा लक्षुमन चौलागाईं, नवराज गौतम र रुपेश गौतमलाई पनि देख्न सकिन्छ । चक्रबहादुर बरालको छायाँकन रहेको यस भिडियोलाई सिलन लम्सालले सम्पादन गरेका छन् । गीतलाई फूलबारी म्यूजिकले बजार व्यवस्थापन गरेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु