• गायक तथा संगीतकार विक्रम राईको निधन, अन्त्येष्टि भोलि गरिने

    म्यूजिक खबर
    प्रकाशित: १७ फाल्गुन २०८१, शनिबार

    काठमाडौं । लोकप्रिय गायक तथा संगीतकार विक्रम राईको निधन भएको छ । गएराति स्वास्थ्यमा समस्या आएको थाहा पाएपछि बागबजारस्थित मोडल अस्पताल पु¥याइएको र अस्पताल पु¥याएको केही समयमा नै चिकित्सकले मृत घोषणा गरेको पारिवारिक स्रोतले बताएको छ । उनको शवलाई काठमाडौं मोडल अस्पतालबाट हाल त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि लगिएको छ । पोस्ट मार्टमको रिपोर्ट आज शनिबार भएका कारण भोलि मात्र आउने भएपछि उनको अन्त्यष्टि भोलि गरिने पारिवारिक स्रोतले बतायो । पोस्टमार्टमको रिपोर्ट आएपछि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा श्रद्धान्जलीका लागि राखी संस्कार अनुसार अन्त्येष्टि गरिने बताइएको छ ।

    विक्रम राई नेपाली सांगीतिक क्षेत्रमा प्रतिभावान कलाकार थिए । पहिलो नेपाल आइडलसमेत रहेका विक्रमका दर्जनौं गीतहरु चर्चित छन् । गायन र संगीत सिर्जनामा उत्तिकै दख्खल भएका विक्रमको निधनको खबर नेपाली सांगीतिक क्षेत्र स्तब्ध भएको छ ।

    जीवनसाथी तिमीलाई छ मेरो कसम, अलिकति माया देऊ म बाँच्न चाहन्छु, तिम्रो माया, काँडा हो कि फूल हो माया, तिमीलाई माया गर्न पाऊँ, कुलुलु बग्ने खोलीको माया, खाली हुँदै गयो, दिन बित्यो, म जहाँ रहे पनि लगायतका दर्जनौं गीतहरुमा उनको स्वर रहेको छ भने संगीत सिर्जना पनि रहेको छ ।
    म्यूजिक खबर परिवार गायक तथा संगीतकार बिक्रम राईप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु