• Shanidhya Trophy
  • विनोद भन्छन् ‘मान्छेको जुनी अचर्मै हुनी रैछ’ (भिडियो हेर्नुहोस्)

    म्यूजिक खवर
    प्रकाशित: २३ बैशाख २०७७, मंगलवार
    Manchhe

    काठमाडौं । गायक विनोद वानियाँले ‘मान्छेको जुनी अचम्मै हुने रैछ नी’ गीतको भिडियो रिलिज गरेका छन् । गायक बानियाले भिडियो आफ्नो वैवाहिक वर्षगाठको अवसर पारी आफ्नै युट्युब च्यानल मार्फत रिलिज गरेका हुन् ।
    युवा निर्देशक विभोर पोखरेलको निर्देशनमा तयार भएको भिडियोमा प्रकाश घिमिरे, एनजे सागर शाह र अनिता पौडेलको अभिनय हेर्न पाइन्छ । सन्तोष कोन्मेले खिचेको भिडियोको सम्पादन सुप्रिम पराजुलीले गरेका हुन् । विनोद वानियाको आवाजमा रहेको गीतमा संगीत विवि अनुरागीको हो भने रचना राजकुमार बगरले गरेका छन् । गीत तेजेन्द्र गुरुङको एरेन्जमा तयार भएको हो ।

    भिडियो उत्कृष्ट बनेको विनोदले बताए । ‘भिडियो राम्रो बनेको छ, आशा छ दर्शकको साथ पक्कै मिल्नेछ’ उनले भने । भिडियोलाई उत्कृष्ट बनाउन आफुले मेहनत गरेको निर्देशक पोखरेल बताउँछन् । ‘भिडियो राम्रो बनेको छ, गीतलाई न्याय गर्न सकेकी सकिन त्यसको मुल्याकंन दर्शकले गर्नुहुनेछ’ उनले भने । यथार्थ चरित्रलाई अभिनयको माध्यमबाट जिवन्तता दिँदै पर्दामा देखाउन खप्पिस कलाकार प्रकाश घिमिरेसँग काम गर्न पाएको भन्दै निर्देशक पोखरेल झनै उत्साहित छन् ।

    यता कलाकार प्रकाश घिमिरेले म्युजिक भिडियोमा मुख्य कलकारको रुपमा पहिलोपटक अवसर पाएको बताउँछन् । ‘म्युजिक भिडियोमा पहिलो पटक मुख्य कलाकारको रुपमा मलाई हेर्न सक्नु हुनेछ, रमाइलो अनुभव रह्यो, भिडियो हेरपछि प्रतिक्रियाको आशामा छु’ घिमिरेले भने ।
    गायक वानियाका मान्छे, डाउट र प्रोफाइल गरी तीनवटा एलबम बजारमा आइसकेका छन् । उनले झण्डै ५० को हाराहारीका गीतमा आफ्नो सुमधुर आवाज भरीसकेका छन् । यतिनै गीतमा संगीत सँयोजन गरेका बानियाले केही गीत रचना गर्न समेत भ्याएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु